तोलामा ३०० ले घट्यो सुनको मूल्य

Jun 13th, 2022

काठमाडौं ,३० जेठ

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९९ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९८ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९८ हजार ४०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९८ हजार ७०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २६५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि आइतबार चाँदी रु एक हजार २८० मा कारोवार भएको थियो ।