पोर्चुगल स्विट्जरल्याण्डसँग पराजित

Jun 13th, 2022

काठमाडौं ,३० जेठ

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल स्विट्जरल्याण्डसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा स्विट्जरल्याण्डले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो ।

स्विट्जरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे।सेफेरोभिकले खेलको पहिलो मिनेटमा गोल गरेका हुन्।

जितसँगै लिग (ए) समूह २ मा रहेको स्विट्जरल्याण्डले चार खेलबाट तीन अंक जोडेको छ। स्विट्जरल्याण्ड समूहको पुछारमा छ । पराजित पछि पनी पोर्चुगलको चार खेलबाट सात अंक छ र समूहको दोस्रो स्थानमा छ ।