चेक रिपब्लिकमाथि स्पेनको सहज जित

Jun 13th, 2022

काठमाडौं ,३० जेठ

यूईएफए नेसन्स लिग फुटबलमा चेक रिपब्लिकमाथि स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन कार्लोस सोलर र पाब्लो साराबियाले एक-एक गोल गरे ।

खेलको २४ औं मिनेटमा कार्लोस सोलरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै स्पेनलाई २-० को सहज जित दिलाए ।

जितसँगै लिग (ए) समूह २ मा रहेको स्पेनले चार खेलबाट आठ अंक जोडेको छ। स्पेन समूहको शीर्ष स्थानमा छ । पराजित चेक रिपब्लिकको चार खेलबाट चार अंक छ र समूहको तेस्रो स्थानमा छ ।