तोलामा १५०० ले बढ्यो सुनको मूल्य

Jun 12th, 2022

काठमाडौं ,२९ जेठ

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९९ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १५०० ले बढेर ९७ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १५०० ले बढेर ९८ हजार ७०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि शुक्रबार चाँदी रु एक हजार २६५ मा कारोवार भएको थियो ।