जर्मनी र हंगेरीको बराबरी

Jun 12th, 2022

काठमाडौं ,२९ जेठ

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र इङ्गल्याण्ड बराबरीमा रोकिएका छन् ।शनिबार राति भएको समूह चरण अन्तर्गत खेलमा जर्मनी र हंगेरीले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा जर्मनीको लागि जोनास होफम्यानले एक गोल गरे भने हंगेरीको सोल्ट नागीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता हंगेरीले लिएको थियो ।खेलको छैटौं मिनेटमा सोल्ट नागीले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए।

तर,खेलको नवौं मिनेटमा जर्मनीका जोनास होफम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह ३ मा रहेको जर्मनीले तीन खेलबाट तीन अंक जोडेको छ । जर्मनी समूहको तेस्रो स्थानमा छ हंगेरीको तीन खेलबाट चार अंक छ र समूहको दोस्रो स्थानमा छ ।