बराबरीमा रोकियो इंग्ल्यान्ड र इटाली

Jun 12th, 2022

काठमाडौं ,२९ जेठ

युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड र इटाली गोलरहित बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै लिग (ए) समूह ३ मा रहेको इटालीले तीन खेलबाट पाँच अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।इंग्ल्यान्ड को तीन खेलबाट दुई अंक छ र पुछारमा छ ।