अष्ट्रिया र फ्रान्सको बराबरी

Jun 11th, 2022

काठमाडौं ,२८ जेठ

युइएफए नेसन्स लिग फुटबलमा फ्रान्स र अष्ट्रिया बराबरीमा रोकिएका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्स र अष्ट्रियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा फ्रान्सको लागि केलियन एमबाप्पेले एक गोल गरे भने अष्ट्रियाका एन्ड्रियास वाइम्यानले एक गोल गरे ।

खेलमा पहिलो अग्रता अष्ट्रियाले लिएको थियो ।खेलको ३७ औँ मिनेटमा अष्ट्रियाका एन्ड्रियास वाइम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर,खेलको ८३ औँ मिनेटमा फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह एक मा रहेको फ्रान्सले तीन खेलबाट दुई अंक जोडेको छ र पुछारमा छ।अष्ट्रियाको तीन खेलबाट चार अंक छ र दोस्रो स्थानमा छ। ।