डेनमार्कमाथि क्रोएशियाको जित

Jun 11th, 2022

काठमाडौं ,२८ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्क क्रोएशियासँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा क्रोएशियाले डेनमार्कलाई १-० गोलले पराजित गरेको हो ।

क्रोएशियालाई जित दिलाउन मारियो पासालिकले निर्णायक गोल गरे।मारियो पासालिकले दोस्रो हाफको ८० औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै लिग (ए) समूह एक मा रहेको क्रोएशियाले तीन खेलबाट चार अंक जोडेको छ। क्रोएशिया समूहको तेस्रो स्थानमा छ । पराजित पछि पनी डेनमार्कको तीन खेलबाट छ अंक छ र समूहको शीर्ष स्थानमा छ ।