तोलामा ५०० ले बढ्यो सुनको मूल्य

Jun 9th, 2022

काठमाडौं ,२५ जेठ

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९७ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले बढेर ९८ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले बढेर ९७ हजार ५०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९७ हजारमा कारोवार भएको थियो ।

चाँदीको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार २८० तोकेको छ ।