• गृहपृष्ठ
  • पोल्याण्डको पोस्टमा बेल्जियमको आधा दर्जन गोल

पोल्याण्डको पोस्टमा बेल्जियमको आधा दर्जन गोल

Jun 9th, 2022

काठमाडौं ,२६ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले पोल्याण्डमाथि फराकिलो जित निकालेको छ ।बुधबार राति समूह चरण अन्तर्गत भएको खेलमा बेल्जियमले पोल्याण्डलाई ६–१ गोलले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने एक्सेल विट्सेल,केभिन डे ब्रुइन,लिएन्डर डेन्डनकर र लोइस ओपेन्डाले एक-एक गोल गरे ।पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता पोल्याण्डले लिएको थियो ।खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए।

तर,खेलको ४२ औँ मिनेटमा बेल्जियमका एक्सेल विट्सेलले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ५९ औं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै बेल्जियमलाई २-१ ले अघि बढाए ।

खेलको ७३ औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई ३–१ ले अघि बढाए । ८० औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४–१ ले अघि बढाए ।

खेलको ८३ औं मिनेटमा लिएन्डर डेन्डनकरले गोल गर्दै बेल्जियमलाई ५–१ ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयमा लोइस ओपेन्डाले गोल गर्दै बेल्जियमलाई ६-१ को जित दिलाए ।

जितसँगै लिग (ए) समूह ४ मा रहेको बेल्जियमले दुई खेलबाट तीन अंक जोडेको छ। बेल्जियम समूहको दोस्रो स्थानमा छ । पराजित पोल्याण्डको पनि दुई खेलबाट तीन अंक छ र तेस्रो स्थानमा छ ।