हेर्नुस् आजको सुनको मूल्य

Jun 8th, 2022

काठमाडौं ,२५ जेठ

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकेको छ ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार २७५ मा कारोवार भएको थियो ।