हंगेरीमाथि इटालीको जित

Jun 8th, 2022

काठमाडौं ,२५ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा इटालीले  पहिलो जित निकालेको छ ।मंगलबार राति समूह चरण अन्तर्गत भएको खेलमा इटालीले हंगेरीलाई २–१ गोलले पराजित गरेको हो ।

इटालीलाई जित दिलाउन निकोलो बारेला र लोरेन्जो पेलेग्रिनीले एक-एक गोल गरे । हंगेरीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३० औं मिनेटमा निकोलो बारेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले गोल गर्दै इटालीलाई २-० ले अघि बढाए।

खेलको ६१ औं मिनेटमा इटालीका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा फर्कियो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र इटालीले जित निकालेको हो ।

जितसँगै लिग (ए) समूह ३ मा रहेको इटालीले दुई खेलबाट चार अंक जोडेको छ। इटाली समूहको शीर्ष स्थानमा छ । पराजित हंगेरीको दुई खेलबाट तीन अंक छ र समूहको दोस्रो स्थानमा छ ।