जर्मनी र इङ्गल्याण्डको बराबरी

Jun 8th, 2022

काठमाडौं ,२५ जेठ

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र इङ्गल्याण्ड बराबरीमा रोकिएका छन् ।मंगलबार राति भएको समूह चरण अन्तर्गत खेलमा जर्मनी र इङ्गल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा जर्मनीको लागि जोनास होफम्यानले एक गोल गरे भने इङ्गल्याण्डको ह्यारी केनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता जर्मनीले लिएको थियो ।खेलको ५० औँ मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

तर,खेलको ८८ औँ मिनेटमा इङ्गल्याण्डका ह्यारी केनले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह ३ मा रहेको जर्मनीले दुई खेलबाट दुई अंक जोडेको छ । जर्मनी समूहको तेस्रो स्थानमा छ इङ्गल्याण्डको दुई खेलबाट एक अंक छ र पुछारमा छ ।