अष्ट्रियामाथि डेनमार्कको जित

Jun 7th, 2022

काठमाडौं ,२४ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित हात पारेको छ ।सोमबार राति भएको खेलमा डेनमार्कले अष्ट्रियालाई २–१ गोलले पराजित गरेको हो ।

डेनमार्कलाई जित दिलाउन पियरे एमिल र जेन्स स्ट्राइगर लार्सनले एक-एक गोल गरे भने अष्ट्रियाका जेभर स्लागरले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा पियरे एमिलले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा अष्ट्रियाका जेभर स्लागरले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा जेन्स स्ट्राइगर लार्सनले गोल गर्दै डेनमार्कलाई २-१ को जित दिलाए ।

जितसँगै लिग (ए) समूह एक मा रहेको डेनमार्कले दुई खेलबाट छ अंक जोडेको छ। डेनमार्क समूहको शीर्ष स्थानमा छ । पराजित अष्ट्रियाको दुई खेलबाट तीन अंक छ र समूहको दोस्रो स्थानमा छ ।