क्रोएसियासँग बराबरीमा रोकियो फ्रान्स

Jun 7th, 2022

काठमाडौं ,२४ जेठ

युइएफए नेसन्स लिग फुटबलमा सुरुआती अग्रता जोगाउन नसक्दा फ्रान्स क्रोएसियासँग बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा फ्रान्स र क्रोएसियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा फ्रान्सको लागि एड्रियन रेबीओटले एक गोल गरे भने क्रोएसियाका जोशुआ किमिचले एक गोल गरे ।

खेलमा पहिलो अग्रता फ्रान्सले लिएको थियो ।खेलको ५२ औँ मिनेटमा फ्रान्सका एड्रियन रेबीओटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर,खेलको ८३ औँ मिनेटमा क्रोएसियाका जोशुआ किमिचले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह एक मा रहेको फ्रान्सले दुई खेलबाट एक अंक जोडेको छ र तेस्रो स्थानमा छ।क्रोएसियाको पनि दुई खेलबाट एक अंक छ र चौंथो स्थानमा छ। ।