• गृहपृष्ठ
  • स्विट्जरल्याण्डमाथि पोर्चुगलको सहज जित

स्विट्जरल्याण्डमाथि पोर्चुगलको सहज जित

Jun 6th, 2022

काठमाडौं ,२३ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा स्विट्जरल्याण्ड पोर्चुगलसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ४–० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ क्यान्सेलोले एक-एक गोल गरे ।

खेलको १५ औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–० ले अघि बढाए ।

खेलको ३९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए ।

जितसँगै लिग (ए) समूह २ मा रहेको पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ। पोर्चुगल समूहको शीर्ष स्थानमा छ । पराजित स्विट्जरल्याण्ड अंक बिहिन पुछारमा छ ।