• गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको शानदार जित ,मेस्सीले गरे ५ गोल

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको शानदार जित ,मेस्सीले गरे ५ गोल

Jun 6th, 2022

काठमाडौं ,२४ जेठ

अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित हात पारेको छ । आइतबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले पाँच गोल गरे ।

खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।खेलको ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० ले अघि बढाए ।४७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।७१ औं मिनेटमा चौंथो र ७६ औं मिनेटमा पाँचौं गोल गर्दै अर्जेन्टिनालाई ५-० को फराकिलो जित दिलाए ।