• गृहपृष्ठ
  • ६० वर्षपछि हंगेरीसँग हार्‍यो इंग्ल्यान्ड

६० वर्षपछि हंगेरीसँग हार्‍यो इंग्ल्यान्ड

Jun 5th, 2022

काठमाडौं ,२२ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड हंगेरीसँग पराजित भएको छ ।समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा हंगेरीले इंग्ल्यान्डलाई ६० वर्षपछि १-० गोलले पराजित गरेको हो ।

हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले निर्णायक गोल गरे।सोबोस्लियाले दोस्रो हाफको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्।हंगेरीले सन् १९६२ पछि पहिलो पटक इंग्ल्यान्डलाई पराजित गरेको हो ।

जितसँगै लिग (ए) समूह ३ मा रहेको हंगेरीले पहिलो खेलमा एक खेलबाट तीन अंक जोडेको छ ।पराजित इंग्ल्यान्ड अंक बिहिन पुछारमा छ ।