इटाली र जर्मनीको बराबरी

Jun 5th, 2022

काठमाडौं ,२२ जेठ

युइएफए नेसन्स लिग फुटबलमा इटाली र जर्मनी बराबरीमा रोकिएका छन् ।शनिबार राति भएको लिग अन्तर्गत समूह ए ३ को पहिलो खेलमा इटाली र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा इटालीको लागि लोरेन्जो पेलेग्रिनीले एक गोल गरे भने जर्मनीका जोशुआ किमिचले एक गोल गरे ।

खेलमा पहिलो अग्रता इटालीले लिएको थियो ।खेलको ७० औँ मिनेटमा इटालीका लोरेन्जो पेलेग्रिनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर,खेलको ७३ औँ मिनेटमा जर्मनीका जोशुआ किमिचले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह ३ मा रहेको इटालीले एक खेलबाट एक अंक जोडेको छ ।जर्मनीको पनि एक खेलबाट एक अंक छ।