फ्रान्स डेनमार्कसँग पराजित

Jun 4th, 2022

काठमाडौं ,२१ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स डेनमार्कसँग पराजित भएको छ ।शुक्रबार राति भएको खेलमा डेनमार्कले फ्रान्सलाई २–१ गोलले पराजित गरेको हो ।

डेनमार्कलाई जित दिलाउन एन्ड्रियास कर्नेलियसले दुई गोल गरे । फ्रान्सका करिम बेन्जेमाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता फ्रान्सले लिएको थियो । खेलको ५१ औं मिनेटमा फ्रान्सका करिम बेन्जेमाले गोल गर्दै अग्रता दिलाएका थिए।

खेलको ६८ औं मिनेटमा डेनमार्कका एन्ड्रियास कर्नेलियसले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ८८ औं मिनेटमा एन्ड्रियास कर्नेलियसले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-१ को जित दिलाए ।

जितसँगै लिग (ए) समूह एक मा रहेको डेनमार्कले एक खेलबाट तीन अंक जोडेको छ ।पराजित फ्रान्स अंक बिहिन तेस्रो स्थानमा छ ।