• गृहपृष्ठ
  • शुक्रबार २६ जनामा कोरोना सङ्क्रमण, नौ जना डिस्चार्ज

शुक्रबार २६ जनामा कोरोना सङ्क्रमण, नौ जना डिस्चार्ज

Jun 3rd, 2022

काठमाडौं, जेष्ठ २०

शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ६०५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार १८२ पुगेको छ ।

हालसम्म ५७ लाख १२ हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १११ रहेको छ ।

थप नौ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा नौ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६७ हजार ११९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।