• गृहपृष्ठ
  • नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलको बराबरी

नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलको बराबरी

Jun 3rd, 2022

काठमाडौं ,२० जेठ

युइएफए नेसन्स लिग फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन पोर्चुगलसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा स्पेनको लागि अल्भारो मोराटाले एक गोल गरे भने पोर्चुगलका रिकार्डो होर्टाले एक गोल गरे ।

खेलको २५ औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको ८२ औँ मिनेटमा पोर्चुगलका रिकार्डो होर्टाले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह २ मा रहेको स्पेनले एक खेलबाट एक अंक जोडेको छ ।पोर्चुगलको पनि एक खेलबाट एक अंक छ।