• गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा ब्राजिलको शानदार जित,नेयमारले गरे दुई गोल

मैत्रीपूर्ण खेलमा ब्राजिलको शानदार जित,नेयमारले गरे दुई गोल

Jun 3rd, 2022

काठमाडौं ,२० जेठ

ब्राजिलले मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ ।बिहीबार राति सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५-१ गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन नेयमारले दुई गोल गरे भने रिचार्डलिसन,फिलिप काउटिन्हो र गेब्रियल जिससले एक-एक गोल गरेका थिए । दक्षिण कोरियाका ह्वाङ उइ-जोले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता ब्राजिलले लिएको थियो ।खेलको सातौं मिनेटमा रिचार्डलिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

तर,खेलको ३१ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ उइ-जोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ४२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–१ ले अघि बढाए ।

दोस्रो हाफको ५७ औँ मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए ।

खेलको ८० औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई ४–१ ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गेब्रियल जिससले गोल गर्दै टोलीलाई ५-१ को जित दिलाए ।