• गृहपृष्ठ
  • इटालीलाई पराजित गर्दै अर्जेन्टिना च्याम्पियन

इटालीलाई पराजित गर्दै अर्जेन्टिना च्याम्पियन

Jun 2nd, 2022

काठमाडौं ,१९ जेठ

अर्जेन्टिनाले फाइनलिसीमा -२०२२ को उपाधि जितेको छ ।इंग्ल्यान्डको वेम्बली स्टेडियममा भएको फाइनल खेलमा युरोकप च्याम्पियन इटालीलाई कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले ३-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेज,एन्जिल डि मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।

खेलको २८ औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा डि मारियाले गोल गर्दे टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा पाउलो डिबालाले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै अर्जेन्टिना तेस्रो संस्करणको फाइनलिसीमा च्याम्पियन बनेको छ ।