• गृहपृष्ठ
  • मिर्गौला, क्यान्सर र पक्षघात भएका बिरामीलाई मासिक ५ हजार दिने

मिर्गौला, क्यान्सर र पक्षघात भएका बिरामीलाई मासिक ५ हजार दिने

May 29th, 2022

काठमाडौं १५ जेठ

मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि सरकारले मासिक पाँच हजार दिने भएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै यस्ता बिरामीलाई औषधि उपचारका लागि सो रकम दिने वताएा हुन् ।

यसको लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए । यसबाट मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्चवापत मासिक ५००० पाउने छन् ।