• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाका बाहिरी सडकको अवस्था अस्तव्यस्त, जनप्रतिनिधिलाई छैन चासो

महालक्ष्मी नगरपालिकाका बाहिरी सडकको अवस्था अस्तव्यस्त, जनप्रतिनिधिलाई छैन चासो

May 29th, 2022

ललितपुर १५ जेठ

ललितपुरको महालक्ष्मी नगरपालिकाका बाहिरी सडकहरुको अवस्था निकै अस्तव्यस्त छ । खाल्डाखुल्डी र भत्केका बाटोहरु छन् जसको कारण स्थानीयले सास्ती वेहोर्नुपेको छ । पानी पर्दा हिलैहिलो र नपर्दा धुलैधुलो हुने बाटोको अवस्थाले जनताको दिनचर्या कष्टकर बन्दै गएको छ ।

वर्षायाम लागेसंगै महालक्ष्मी नगरपालिका वडा नं ७ र ५ का गल्ली तथा सडको अवस्था निकै अस्तव्यस्त भएको छ । नवनिर्वाचित जनप्रतिनिधि भने स्थानीयले भोग्नु परेको यस्तो समस्यामा अनविज्ञ छन् । जनताको दैनिकीसंग जोडिएको बाटोको अवस्था दिनप्रतिदिन खस्कदै गएको तर जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयले वताएका छन् ।

अघिल्लो कार्यकालका जपप्रतिनिधिले अधुरै छोडेको बाटोघाटो निर्माण नवनिर्वाचित जनप्रतिनिधिले द्रुत गतिमा गर्छन कि भन्ने आशा थियो तर चुवाव जितेको एक दुइ साता हुन लागिसक्यो कोही पनि फर्केर आएका छैनन् महालक्ष्मी नगरपालिका वडा नं ७ का एक स्थानीयले भने । जनप्रतिनिधि र नेताका घर जाने बाटो मात्र बनाएको तर नेता र जनप्रतिनिधिलाई पाएक नपर्ने ठाउँको विकास निर्माणबारे कसैले चासो नदिएको स्थानीयको गुनासो छ । नेता र जनप्रतिनिधिले आफ्नो पाएक पर्ने क्षेत्रमा मात्रै विकास निर्माणका योजना पार्ने गरेका छन् ।

योजना कार्यान्वयन गर्ने क्रममा सरोकारवालाहरुबिच टेन्डर र कमिसन नमिल्दा निर्माणको कार्य लथालिंग भएको स्थानीयहरु वताउँछन् ।

महालक्ष्मी नगरपालिकका नवनिर्वाचित मेयर हरिगोविन्द श्रेष्ठले प्राथमिकताका आधारमा स्थानीय क्षेत्रमा विकास निर्माणका काम गर्दै जाने योजना रहेको वताए । उनले भने प्राथमिकताको आधारमा निर्माणका काम गर्ने हो , नेता र जनप्रतिनिधि हिंड्ने बाटोमा जनता पनि त हिंडेका छन् नि पहिलो प्राथमिकतामा योजना तय गर्दा पहिले जनप्रतिनिधिको पाएक हुनेगरी बनाएपनि त्यसको फाइदा त स्थानीयले नि पाएका हुन्छन् ।

स्थानीय आवस्यकााताको आधारमा जन चहाना बमोजिका विकास निर्माणक योजना र सपना बाँडेर जगर प्रमुख पद जितेका श्रेष्ठ चुनाव जितेको एक सातासम्म पनि जनताले के कस्ता समस्या भोगेका छन् भनेर पत्तो समेत पाएका छैनन् । श्रेष्ठले भने सडक निर्माणको काम किन रोकियो, अहिले कस्तो छ र कहिले निर्माण सकिन्छ मलाइ जनाकारी भएन वडा मै बुझ्नुस् । उनी नगरपालिकाका भित्रि सडकको अवस्था अध्ययन गरी आवस्यकताको आधारमा विकास तथा मर्मत गर्ने काम सन्वन्धित वडाले नै गर्नुपर्ने भनेर उम्कीए । उनले पहिलो कार्यकालमा अधुरा रहेका योजना प्रथमिकताको पूरा गर्र्दै जाने दावी गरे ।

यता वडाका प्रतिनिधि लाई पनि जनताले पाएको कष्टको कुनै जनाकारी छैन । चुनाव अघि आफ्नो सबै जीवन र समय आफ्ना मतदाताको हितमा लगाउने आश्वाशन दिएर भोटमागेका जनप्रतिनिधिसंग अस्तव्यस्त बाटोघाटो निर्माणको प्रकृयाबारे बुभ्दा वडा ७ का वडाअध्यक्ष वावुराजा महर्जन र वडा नं ५ का वडाध्यक्ष कपिल के शी ले यसबारे कुरा गर्न समेत आफूसंग समय नभएको वताए ।