• गृहपृष्ठ
  • च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

May 29th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ १५

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति पेरिसमा भएको फाइनल खेलमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले उपाधि उचालेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्न पुग्यो । जुनियरले खेलको ५९ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसंगै रियलले १४ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।यस अघि रियलले सन् २०१८ मा उपाधि जितेको थियो ।