• गृहपृष्ठ
  • धम्की दिएर सात करोड बार्गेनिङ गरेको आरोपमा सातजना पक्राउ

धम्की दिएर सात करोड बार्गेनिङ गरेको आरोपमा सातजना पक्राउ

May 27th, 2022

काठमाडौं १३ जेठ

धम्की दिएर सात करोडरुपैयाँ माग गरेको आरोपमा सातजना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले अश्लिल भिडियो बनाएर सात करोड बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा हाल गोठाटार बस्ने उदयपुरका सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोटका टेक विक, कोटेश्वर बस्ने बझाङका धर्मराज थापा, काँडाघारी बस्ने काभ्रेका उमेश भण्डारी, रातोपूल बस्ने गुल्मीकी बसन्ता खनाल, सिनामंगल बस्ने गुल्मीकै सुरज शर्मा र काठमाडौंका श्रवण कार्की पक्राउ रहेको प्रहरीले जनाएको छ ।