• गृहपृष्ठ
  • सरकारी जग्गा व्यक्तिको भनी बिक्री गरेको आरोपमा दुइ जना पक्राउ

सरकारी जग्गा व्यक्तिको भनी बिक्री गरेको आरोपमा दुइ जना पक्राउ

May 27th, 2022

काठमाडौं १३ जेठ

भक्तपुरमा सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको साविक सुडाल गाविस–४ को कित्ता नम्बर ३९९ को ४ आना सरकारी जग्गा व्यक्ति हो भनी बिक्री गर्न ५ करोड बैना लिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षका ईश्वर गाईजु रहेका छन् ।

उनीहरुले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राई समेतसँग जग्गा बैनावापत ५ करोड २० लाख रुपैयाँ उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।