पूर्ण खोप लगाउनेको सङ्ख्या ८५ प्रतिशत

May 24th, 2022

काठमाडौ १० जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ को खोप अभियानबाट पहिलो चरणको खोप लगाउने नागरिकको सङ्ख्या ९६ प्रतिशत पुगेको र पूर्ण खोप लगाउनेको सङ्ख्या ८५ प्रतिशत पुर्याएको वताएकी छन् ।

उनले कोभिड–१९ मा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सरकारले कोभिड नियन्त्रणका लागि सम्भव सबै प्रयास गरिरहेको वताइन् । राष्ट्रपतिले सम्बोधन गर्ने क्रम जारी छ ।