• गृहपृष्ठ
  • १० जनामा कोरोना सङ्क्रमण, १६ जना डिस्चार्ज

१० जनामा कोरोना सङ्क्रमण, १६ जना डिस्चार्ज

May 23rd, 2022

काठमाडौं, जेष्ठ ९

सोमबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा दुई हजार ७६८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ७६ पुगेको छ ।

हालसम्म ५६ लाख ८७ हजार ७३५ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ ।

थप १६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६६ हजार ९९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।