• गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलको उपाधि एसी मिलानलाई

इटालियन सिरी ए फुटबलको उपाधि एसी मिलानलाई

May 23rd, 2022

काठमाडौं ,९ जेठ

एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै एसी मिलानले उपाधि जितेको हो ।

सासोउलो घरेलु मैदानमा मिलानलाई जित दिलाउन ओलिभर जिरौडले दुई गोल गरे भने फ्रान्क केसीले एक गोल गरे।

खेलको १७ औँ मिनेटमा जिरौडले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३२ औँ मिनेटमा जिरौडले व्यक्तिगत दोस्रो गोल गर्दे टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ३६ औँ मिनेटमा फ्रान्क केसीले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

यससंगै एसी मिलानले ११ वर्षपछि १९ औं पटक इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।

एसी मिलानले दोस्रो स्थानको इन्टर मिलानसँग दुई अंकको अग्रता बनाउदै यस सिजनको सिरी ए फुटबलको उपाधि जितेको छ । एसी मिलानले ३८ खेलबाट ८६ अंक जोड्यो। दोस्रो स्थानको इन्टर मिलानले ८४ अंक जोड्यो । तेश्रो स्थानमा रहेको नापोलीले ७९ अंक जोड्यो ।