इंग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

May 23rd, 2022

काठमाडौं ,९ जेठ

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगनले दुई गोल गरे भने रोड्रीले एक गोल गरे। एस्टन भिल्लाका म्याटि क्यासले र फिलिप काउटिन्होले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता भने एस्टन भिल्लाले लिएको थियो। खेलको ३७ औँ मिनेटमा म्याटि क्यासले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ६९ औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दे एस्टन भिल्लालाई २-० ले अघि बढाए।

तर,खेलको ७६ औँ मिनेटमा सिटीका इल्के गुन्डोगनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।लगत्तै ७८ औँ मिनेटमा रोड्रीले गोल गर्दै खेल २-२को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८१ औँ मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।

यससंगै सिटीले छैटौं पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

सिटीले दोस्रो स्थानको लिभरपुलसँग एक अंकको अग्रता बनाउदै यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले ३८ खेलबाट ९३ अंक जोड्यो। दोस्रो स्थानको लिभरपुलले ९२ अंक जोड्यो । तेश्रो स्थानमा रहेको चेल्सीले ७४ अंक जोड्यो ।