• गृहपृष्ठ
  • भरतपुरमा रेनुको अग्रता कायमै, विजयसँग ७,८५४ को मतान्तर

भरतपुरमा रेनुको अग्रता कायमै, विजयसँग ७,८५४ को मतान्तर

May 22nd, 2022

काठमाडौँ ८ जेठ

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन् ।

हालसम्म ९२ हजार १२८ मतगणना भएकोमा रेनु दाहालले ३६ हजार २७२ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसुवेदीले २८ हजार ४१८ मत पाएका छन् । रेनुले विजयसंग ७८५४को मतान्तर बनाएकी छन् ।

यता जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् ।यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् ।