• गृहपृष्ठ
  • काठमाडौ महानगरमा बालेन शाह पहिलो नम्बरमा, स्थापित पुगे तेस्रोमा

काठमाडौ महानगरमा बालेन शाह पहिलो नम्बरमा, स्थापित पुगे तेस्रोमा

May 22nd, 2022

काठमाडौँ ८ जेठ

काठमाडौँ महानगरपालिकाको जारी मतगणनमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो नम्बरमा स्थान जमाइराखेका छन। उनले हालसम्म ४० हजार मत कटाएका छन् ।

काठमाडौँ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन् । त्यस्तै नेपाली काँग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेका केशव स्थापित तेस्रोमा पुगेका छन् ।काँग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि छिन्। स्थापितले २२ हजार ९५ मत पाएका छन् ।