• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका मा हरिगोविन्द श्रेष्ठ निर्वाचित

महालक्ष्मी नगरपालिका मा हरिगोविन्द श्रेष्ठ निर्वाचित

May 21st, 2022

काठमाडौं,७ जेठ
ललितपुरको महालक्ष्मी नगरपालिकाबाट बैशाख ३० मा सम्पन्न निर्वाचन मा नेकपा एमालेबाट ९ हजार ३ सय ५० मत ल्याएर हरिगोविन्द श्रेष्ठले शानदार विजय हासिल गरेका छन । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका शिव कट्टेलले ५ हजार ६ सय ५८ प्राप्त गरेका थिए भने नेकपा समाजवादीका नकुल थापाले ३ हजार ८ सय ९१, राप्रपाका प्रविण खत्रीले २ हजार ५ सय ९३, स्वतन्त्रका दिनेश सुवेदीले ५ सय ६६ मत प्राप्त गरेका थिए ।

त्यस्तै महालक्ष्मी नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसकी लक्ष्मी महर्जनले ९ हजार ५ सय ९१ मत ल्याएर विजयी भएकी छिन । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी बिना सुवेदीले ८ हजार ८ सय ८३ मत ल्याएकी थिइन् ।

महालक्ष्मी नगरका वडा अध्यक्षहरुमा १ मा नेकपा एमालेका छिरिङ्ग लामा, २ मा ध्रुर्व खत्री, ३ मा कुवेर के. सी., ४ अमृत खत्री, ५ मा नेपाली काँग्रेसका कपिल के. सी., ६ मा नेकपा माओवादीका धर्म महर्जन, ७ मा ने.काँ.का बाबुराजा महर्जन, ८ मा एमालेका विश्वराज श्रेष्ठ, ९ मा ने.काँ. का जयकृष्ण बोगटी, १० मा नेकपा एमालेका विजय लामा निर्वाचित भएका छन् ।