अन्तिम खेलमा रोमाको सहज जित

May 21st, 2022

काठमाडौं ,७ जेठ

इटालियन सिरी ए फुटबलमा रोमाले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लिगको आफ्नो अन्तिम खेलमा रोमाले टोरिनोलाई ३-० गोलले पराजित गरेको हो ।

टोरिनोको मैदानमा रोमालाई जित दिलाउन टमी अब्राहमले दुई गोल गरे भने लोरेन्जो पेलेग्रिनीलेजले एक गोल गरे।

खेलको ३३ औँ मिनेटमा टमी अब्राहमले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४२ औँ मिनेटमा अब्राहमले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ७८ औँ मिनेटमा लोरेन्जो पेलेग्रिनीलेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै रोमाले ३८ खेलबाट ६३ अंक जोड्यो छ र तालिकाको छैटौं स्थानमा रह्यो ।पराजित टोरिनोले ३८ खेलबाट ५० अंक जोड्यो छ र ११ औँ स्थानमा रह्यो ।