• गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो शीर्ष स्थानको रियल मड्रिड

गोलरहित बराबरीमा रोकियो शीर्ष स्थानको रियल मड्रिड

May 21st, 2022

काठमाडौं ,७ जेठ

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा रियल मड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरी पछि पनि रियलको ३८ खेलबाट ८६ अंक छ र शीर्ष स्थानमा छ ।रियल मड्रिडले चार खेल अगाडी नै उपाधि जिति सकेको थियो ।रियल बेटिसको ३८ खेलबाट ६५ अंक छ र पाँचौं स्थानमा छ ।