• गृहपृष्ठ
  • ११ जनामा कोरोना सङ्क्रमण, १२ जना डिस्चार्ज

११ जनामा कोरोना सङ्क्रमण, १२ जना डिस्चार्ज

May 20th, 2022

काठमाडौं ,५ जेठ

शुक्रबार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा दुई हजार ८७४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ५१ पुगेको छ ।

हालसम्म ५६ लाख ८१ हजार ९८७ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ रहेको छ ।

थप १२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६६ हजार ९५० पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।