तोलामा १००० ले बढ्यो सुनको मूल्य

May 20th, 2022

काठमाडौं ,६ जेठ

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९६ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले बढेर ९७ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले बढेर ९६ हजार ८०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९५ हजार ८०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार २५५ मा कारोवार भएको थियो ।