• गृहपृष्ठ
  • लेस्टर सिटीसँग बराबरीमा रोकियो चेल्सी

लेस्टर सिटीसँग बराबरीमा रोकियो चेल्सी

May 20th, 2022

काठमाडौं ,६ जेठ
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ ।स्ट्यामफोर्ड ब्रिज स्टेडीएममा बिहीबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलको हो ।

घरेलु मैदानमा चेल्सीको लागि मार्कोस अलन्सोले एक गोल गरे भने लेस्टर सिटीको लागि जेम्स म्याडिसनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता लेस्टर सिटीले लिएको थियो । खेलको छैटौं मिनेटमा लेस्टर सिटीका जेम्स म्याडिसनले गोल गर्दै अग्रता दिलाएका थिए।

तर,खेलको ३४ औं मिनेटमा चेल्सीका मार्कोस अलन्सोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीको ३७ खेलबाट ७१ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । लेस्टर सिटीको ३७ खेलबाट ४९ अंक छ र नवौं स्थानमा छ ।