• गृहपृष्ठ
  • १२ जनामा कोरोना सङ्क्रमण, नौ जना डिस्चार्ज

१२ जनामा कोरोना सङ्क्रमण, नौ जना डिस्चार्ज

May 19th, 2022

काठमाडौं ,५ जेठ

बिहीबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार ६२७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ३८ पुगेको छ ।

हालसम्म ५६ लाख ७९ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको छ ।

थप नौ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा नौ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।