• गृहपृष्ठ
  • भारी मतान्तरले सहकारी अभियन्ता सरिता भट्राई ने.क.पा. एमालेको सूर्यविनायक नगरपालिकाबाट उपमेयरमा विजयी

भारी मतान्तरले सहकारी अभियन्ता सरिता भट्राई ने.क.पा. एमालेको सूर्यविनायक नगरपालिकाबाट उपमेयरमा विजयी

May 19th, 2022

भक्तपुर,५ जेठ
भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट सहकारी अभियन्ता, सरिता भट्राईले भारी मतान्तरले नेकपा एमाले सूर्यविनायक नगरपालिका उपमेयरमा विजयी हासिल गरेकी छिन । निज भट्राई सहकारी अभियन्ता हुन् । उनी राष्ट्रिय सहकारी बैंक सञ्चालक, महिला अभियान बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष हाल सल्लाहकार, सामाजिक कार्यकर्ता, नेकपा एमाले जिल्ला सहकारी संघ इन्चार्ज, जिल्ला कृषि संघ सल्लाहकार, नेकपा एमाले भक्तपुर जिल्ला बुद्धिजीवी परिषद सदस्य, नेकपा एमाले बालकोट वडा कमिटी अध्यक्ष रही काम गर्दै आएकी थिइन । भट्राईले आसन्न स्थानीय बैशाख ३० गते भएको निर्वाचनमा सूर्यविनायक नगरपालिकाबाट उपमेयरमा उम्मेदवार दिई १४,७५८ मत प्राप्त गरी गठबन्धनका स्याम बस्नेतले ६,६६१ मत प्राप्त गरेका थिए । भट्राईको ८,३२९ मत अन्तरले हराएकी थिइन् ।

निज भट्राईले स्नातक अर्थशास्त्र अध्यनन गरी भारतबाट सहकारी विषयमा डिप्लोमा कोर्ष पुरा गरी युरोप, जापान, कोरिया, थाईल्याण्ड, क्यानाडा लगायतको विभिन्न देशबाट तालिम समेत प्राप्त गरेकी छिन् ।