• गृहपृष्ठ
  • मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०% सम्म छुट

मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०% सम्म छुट

May 19th, 2022

काठमाडौं,५ जेठ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड ¥याफिटिङ्ग बिच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी वस्नेतबिच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ । कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल, सरोज वस्नेत, रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।