तोलामा ५०० ले बढ्यो सुनको मूल्य

May 19th, 2022

काठमाडौं ,५ जेठ

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९५ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले बढेर ९६ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले बढेर ९५ हजार ८०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार २५० मा कारोवार भएको थियो ।