• गृहपृष्ठ
  • भिभोको लोभलाग्दा नविन प्रविधिहरु जसले सहजै प्रयोगकर्ताको मन जित्छ

भिभोको लोभलाग्दा नविन प्रविधिहरु जसले सहजै प्रयोगकर्ताको मन जित्छ

May 19th, 2022

काठमाडौं ५ जेठ

नवीनता विकासको एक महत्वपूर्ण पाटो हो । नवीनता बिना हाम्रो अस्तित्व समाप्त हुनेछ । प्रविधितर्फ क्र्रामिक परिवर्तनसँगै नवीन आविष्कारको जिम्मेवारी धेरै हदसम्म टेक्नोलोजीसँग सम्बन्धित उद्योगहरूको रहेको छ, यसलाई आत्मसाथ गर्दै विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले अनुसन्धान तथा विकासमा लगानी गरिरहेको छ । आफ्ना प्रयोगकर्ताहरूका लागि हाई–टेक एवं प्रयोगकर्ता–मैत्री स्मार्टफोनहरू ल्याउने प्रयासमा, भिभोले ग्राहकहरूको जीवन सरल बनाउन अद्वितीय उपकरणहरु प्रदान गर्दै आइरहेको छ ।

ब्रान्डले धेरै हदसम्म आफूलाई व्यावसायिक स्मार्टफोन फोटोग्राफीको रुपमा चिनाउदै आइरहेको छ । सबै प्रयोगकर्ताहरूका लागि व्यावसायिक क्यामेराका तत्वहरू अझ पहुँचयोग्य बनाउन भिभोले आफ्ना प्रत्येक नयाँ उत्पादनहरूमा उल्लेखनिय विशेषताहरू थप्दै आइरहेको छ । तर, भिभोले क्यामेरा मात्र नभएर डिजाइन र कार्यसम्पादनलाई पनि उत्तिकै प्राथमिक्तामा राखेको छ ।

विश्वको पहिलो रंग परिवर्तन हुने स्मार्टफोन
भिभोको हालै सार्वजनिक गरिएको भी२३ फाइजीले बजारमा निकै चर्चा पाएको छ । नेपालमा यसले रंग परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइनको लागि धेरैको ध्यान खिच्न सफल भयो । यो नवीनता भिभोको दुई वर्ष लामो क्रस इन्डिस्ट्री र क्रस डिसिप्लिन अनुसन्धानको परिणाम हो । यसले निसन्देह उपकरणको डिजाइन र सौन्दर्यशास्त्रलाई अर्को स्तरमा पुर्याएको छ । कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनले गर्दा समार्टफोन अल्ट्राभायोलेट किरण वा घाममा लगभग ३० सेकेन्ड पछि रङ परिवर्तन गर्दछ । घामबाट फोन हटाएपछि यो पुन सामान्य रङमा फर्किन्छ । सनसाइन गोल्ड भेरियन्ट हल्का आइस ब्लू र पिकं–ओरेन्ज रंगबाट नीलो–हरियो ग्रेडियन्टमा परिर्वतन हुन्छ ।

अँध्यारोमा जादूमय प्रदर्शन गर्ने क्यामेरा
सबैभन्दा आम समस्या भनेको फोटोग्राफीमा रातको सौन्दर्यलाई कैद गर्न उत्तम वा पर्याप्त उत्तम प्रकाश फेला पार्नु हो । धेरै स्मार्टफोन ब्रान्डहरूले आफ्ना उपकरणहरूलाई कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्नका लागि थप उपयुक्त बनाउन ध्यान केन्द्रित गरिरहेका छन् । भिभोले प्रकाशको इनटेक बढाउदै कम प्रकाशको अवस्थामा एक्सपोजर टाइम विस्तार गरेर उत्कृष्ट तस्बिरहरू खिच्न सकिने उन्नत नाइट क्यामेरा प्रणाली ल्याएर यो चुनौतीलाई सफलतापूर्वक सामना गरेको छ । यसले उत्कृष्ट र स्पष्ट तस्वीरहरु खिचेर सम्पादनको आवश्यकतालाई हटाउँछ । भिभोका भी सिरिजका स्मार्टफोनहरू यस नवीनताको प्रमाण हुन् ।

फ्रन्ट क्यामेरा प्लस अप्टिकल इमेज अप्टिमाइजेसन
स्मार्टफोनको मुख्यतय रियर क्यामेरा केन्द्रित हुने दिनहरु गइसकेको छ । आजकल, अगाडिको क्यामेरा पनि पछाडिको क्यामेरा जत्तिकै महत्त्वपूर्ण छन् । सामाजिक सञ्जालमा सामग्री सिर्जनाकर्ताहरू र भिडियो लगरहरू वृद्धि भएसंगै यो एक ट्रेन्ड बनेको छ । उनीहरुको अनुभवलाई उत्कृष्ट बनाउन तथा युवाहरूलाई रचनात्मक स्वतन्त्रता दिन भिभोले उन्नत सुविधाहरूसहित उच्च–रिजोल्युसन फ्रन्ट क्यामेराहरू विकास गर्दै आएको छ । यति धेरै कि भिभोले वाई सिरिज स्मार्टफोनहरू जस्तै वाई३३एस र वाई५३एस मा अद्भूत क्यामेरा विशेषताहरु ल्याएको छ जसले महत्वाकांक्षी सामग्री सिर्जनाकर्ताहरूलाई उनीहरूको करियरमा अहम भूमिका निर्वाह गर्नेछ ।

भी२१ स्मार्टफोन मार्फत भिभोको फ्रन्ट क्यामेरा ओआइएस आकांक्षाहरू हासिल गरिएको थियो । नयाँ युगको सेल्फी क्यामेराहरू स्थिर, अल्ट्रा–क्लियर फोटोहरू, हलचल गर्दा पनि स्पष्ट तस्वीरहरु खिच्न सक्षम छन् । भिभो भी२३ फाइभजीको फ्रन्टमा भएको ५० एमपी अटोफोकश सेल्फी पेट्र्रोट सेल्फी र ८एमपी सुपर वाइड–एंगल क्यामेराको उन्नत संयोजनले अनुकूलित जेएनभी सेन्सर र आई अटोफोकसको साथ रचनात्मक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न विशेषताहरुको पूर्ण नयाँ दायरा प्रदान गर्दछ ।

अपेक्षा बढाउने पर्फमेन्श
बजारमा हालै सार्वजनिक भएको भिभो भी२३ फाइभजी कुनै योद्धाभन्दा कम छैन । दैनिक आवश्यकताहरू पूरा गर्न रोमाञ्चक कार्यसम्पादन र बलियो ब्याट्री ब्याकअप प्रदान गर्दै थप मजबुद विशेषताहरु समावेश भएको यो स्मार्टफोन एक विचारशील आविष्कार हो । यस स्मार्टफोनमा सामाजिक सञ्जाल उत्साहीहरू, गेमरहरू, उत्साही पाठकहरूले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ सुपर स्मूद प्रदर्शनको मजा लिन सक्छन् । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।