• गृहपृष्ठ
  • युरोपा लिग फुटबलको उपाधि फ्रान्कफुर्टलाई

युरोपा लिग फुटबलको उपाधि फ्रान्कफुर्टलाई

May 19th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ५ जेठ
इन्ट्राक्ट फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति भएको फाइनल खेलमा जर्मन क्लब फ्रान्कफुर्टले रेंजर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै युरोपा लिग फुटबलको उपाधि जितेको हो ।

खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा फ्रान्कफुर्ट ५–४ ले विजयी भयो ।

टाइब्रेकर अघि पहिलो अग्रता रेंजर्सले लिएको थियो ।खेलको ५७ औ मिनेटमा जो अरिबोले गोल गर्दै रेंजर्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६९ औं मिनेटमा फ्रान्कफुर्टका राफेल सान्तोस बोर्रेले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

जितसंगै फ्रान्कफुर्टले युरोपा लिगको उपाधि उचालेको हो ।