तोलामा ८०० ले घट्यो सुनको मूल्य

May 18th, 2022

काठमाडौं,४ जेठ

आज सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९६ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले घटेर ९५ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले घटेर ९५ हजार ३०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार २६० मा कारोवार भएको थियो ।