साउथेम्प्टनमाथि लिभरपुलको जित

May 18th, 2022

काठमाडौं,३ जेठ

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथेम्प्टनमाथि जित निकालेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले साउथेम्प्टनलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन टाकुमी मिनामिनो र जोएल म्याटिपले एक-एक गोल गरे। साउथेम्प्टनका नाथन रेडमन्डले एक गोल गरे।

खेलमा पहिलो अग्रता साउथेम्प्टनले लिएको थियो । खेलको १३ औं मिनेटमा नाथन रेडमन्डले गोल गर्दै साउथेम्प्टनलाई अग्रता दिलाएका थिए।

तर, खेलको २७ औं मिनेटमा लिभरपुलका टाकुमी मिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा जोएल म्याटिपलेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ३७ खेलबाट ८९ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित साउथेम्प्टनको ३७ खेलबाट ४० अंक छ र तालिकाको १५ औं स्थानमा छ ।