आर्सनलमाथि न्युकासलको जित

May 17th, 2022

काठमाडौं,३ जेठ

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले आर्सनलमाथि जित निकालेको छ । सोमबार राति भएको खेलमा न्युकासलले आर्सनललाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेसले एक गोल गरे ।न्युकासलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ५५ औँ मिनेटमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गरेपछि न्युकासलले अग्रता लिएको थियो ।

त्यसपछि खेलको ८५ औँ मिनेटमा न्युकासलका ब्रुनो गुइमारेसले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै न्युकासलले ३७ खेलबाट ४६ अंक जोडेको छ र १२ औँ स्थानमा छ। हारपछि पनि आर्सनलको ३७ खेलबाट ६६ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।